१७ फिट लामो एक घाइते अजिङ्गरको उद्धार

तु खबर संवाददाता
२०७४ माघ ११, बिहीबार १६:४८

महेन्द्रनगर, धनुषा, ११ माघ । धनुषाको वनमा घाइते अवस्थामा फेला परेको १७ फिट लामो एक अजिङ्गरलाई उद्धार गरिएको छ ।

स्थानीय साझेदारी वनमा घाइते अवस्थामा फेला पारिएको अजिङ्गरलाई जिल्ला वन कार्यालय र मिथिला वाइल्डलाइफ ट्रस्टका पदाधिकारीको संयुक्त टोलीले उद्धार गरेको हो ।

कसैले हिर्काएर बेहोस छोडिदिएको अजिङ्गरलाई मंगलबार ढल्केवरका एक गोठालाले देखी उक्त कार्यालय धनुषालाई खबर गरेपछि बुधबार सहायक वन अधिकृत सुरेश शर्मा र वाइल्ड लाइफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डलसहितको टोलीले अजिङ्गरको उद्धार गरेको थियो । सत्र फिट लामो र ४० किलो तौल भएको घाइते सो अजिङ्गरको धनुषाधामस्थित संरक्षित वनमा उपचार भइरहेको छ ।

सहायक वन अधिकृत शर्माले भन्नुभयो, “शरीरको विभिन्न भागमा गहिरो चोट देखिएको र शुरुमा मरेकै जस्तो लागे पनि पछि अलिअलि पुच्छर चलाएको देखेर उद्धार गरी उपचार गरिरहेका छौँ ।” रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*