जिप दुर्घटनामा एकको ज्यान गयो

तु खबर संवाददाता
२०७४ माघ ११, बिहीबार १०:०९

पाल्पा, ११ माघ । पाल्पाको पूर्वखोला गाउँपालिका–६, हेक्लाङ्गमा आज बिहान जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

तानसेनबाट हेक्लाङ्ग जाँदै गरेको लु १ ज ३४९९ नं को जिप दुर्घटना हुँदा हेक्लाङ्गका ४५ वर्षीय दानबहादुर रानाको मृत्यु भएको हो । दुर्घटनामा परी घाइते भएका रानाको उपचारका लागि तानसेन ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।

जिप सडकदेखि करिब २० मिटर तल खसेको थियो । जिपमा दुईजना सवार रहेको प्रहरीले जनाएको छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*