मन्त्रिपरिषद बैठकः भूकम्प पिडितलाई थप एक लाख, अब ६५ वर्षमै बृद्ध भत्ता

तु खबर संवाददाता
२०७४ माघ १०, बुधबार २०:०१

मकवानपुर । आज बसेको मन्त्रीपरिषद्को बैठकले महत्वपूर्ण तीन निर्णयहरु गरेको छ । मन्त्रीपरिषद्को निर्णय अनुसार, अब ६५ बर्षकै उमेरमा वृद्धभत्ता पाइनेछ ।

यसअघि वृद्धभत्ता पाउने उमेर ७० थियो । त्यसलाई घटाउँदै सरकारले वृद्धभत्ता पाउने उमेर ६५ कायम गरेको हो । त्यसैगरी बैठकले भुकम्पपीडितलाई दिएको रकममा थप एक लाख रुपैयाँ दिने निर्णय गरेको छ । यसअघि सरकारले भुकम्प पीडितलाई ३ लाख दिने निर्णय गरेको थियो । त्यसैगरी आजकै बैठकले समाजिक परिचालकको भत्तामा समेत वृद्धि गरेको छ । सरकारका प्रवक्ता सूचना तथा संचारमन्त्री मोहन बस्नेतले यस्तो जानकारी दिएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*