मकवानपुरगढीमा पालिका स्तरीय घेदुङ कार्य समिति गठन

तु खबर संवाददाता
२०८० माघ १७, बुधबार १६:३८

मकवानपुर । मकवानपुरगढीमा पालिका स्तरीय नेपाल तामाङ घेदुङ कार्यसमिति गठन गरिएको छ । बुधबार गढी–२ स्थित समामुदायिक भवनमा भएको भेलाबाट ११ सदस्यीय कार्यसमिति गठन गरिएको हो ।

समितिको अध्यक्षमा सानुकान्छा थिङ, उपाध्यक्षमा बिक्रम योन्जन, सचिवमा यमरत्न भुलुन, सहसचिवमा सोमलाल घलान, कोषाध्यक्षमा एल आर स्याङतान चयन भएका छन् ।

यसैगरी, सदस्यहरुमा क्रमशः अन्जना तामाङ, सुरेश गोले, विकास थिङ, सुर्य रुम्बालगायत रहेका छन् ।

पालिका स्तरीय गठनमा १७ सदस्यहरुलाई गठन गर्नुपर्नेमा हाललाई ११ सदस्य गठन गरिएको नेपाल तामाङ घेदुङ मकवानपुरका सल्हाकार राज कुमार गोलेले बताए ।

भेला नेपाल तामाङ घेदुङ मकवानपुरका अध्यक्ष कालु घलानको प्रमुख आतिथ्यतामा भएको हो ।