बकैया गाउँपालिकाको २ वडामा बिपद व्यवस्थापन समिति गठन
मकवानपुर, १० माघ । नेपाल रेडक्रस सोसाइटी छतिवन शाखाको आयोजनामा बकैया गाउँपालिकाको वडा नम्बर ५ र ७ मा बिपद प्रतिकार्य तथा उद्दार र राहतका लागि बिपद ब्यवस्थापन समिति गठन गरिएको छ ।
रेडक्रस सोसाइटी मकवानपुर जिल्ला उपसभापति झम्कप्रसाद गौतमले उद्घाटन गरेको कार्यक्रममा बिपद प्रतिकार्य ब्यवस्थापन सम्बन्धमा बकैयाका दक्ष तालिम प्राप्त १२ जना स्वयमसेवीलाई पुनरताजगी तालिम तथा बिपदको पहिचानको विषयमा रेडक्रस बिपद ब्यवस्थापन कार्यक्रम संयोजक सुधा तिवारीले सहजीकरण गरेकी थिईन् । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा मन्त्री लाल बहादुर थापा, शाखा अधिकृत लक्ष्मण भट्टराई, रेडक्रस जिल्ला शाखाका रामजी खतिवडा, जिल्ला सदस्य कृष्ण चौलागाईं, सीता खनाल, बकैया गाउँपालिका कार्यकारी अधिकृत तारा अर्याल, गाउँपालिकाका वडा अध्यक्षहरु राजन दङ्गाल, शेरमान घलान लगायतले बिपदको विषयमा राय सल्लाह व्यक्त गरेको बकैयाबाट संचारकर्मी यादव चौलागाईले बताए ।
कार्यक्रममा बिपद प्रतिकार्य सघाउ पुर्याउन ६६ हजार बराबरको सुरक्षा सामग्री उपशाखा हस्तान्तरण गरिएको थियो । नेरेसो उपशाखा छतिवनका सभापति भरत सापकोटाको अध्यक्षतामा भएको कार्यक्रम सचिव प्रल्हाद गौतमले सञ्चालन गरेका थिए ।
