ट्राफिक प्रशासन तालिम शुरु

तु खबर संवाददाता
२०७४ माघ १०, बुधबार १२:०६

काठमाडौं, १० माघ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथद्धारा महानगरीय सशस्त्र प्रहरी गण महाराजगञ्जमा ट्राफिक प्रशासन २० औं समुहको तालिम संचालन भएको छ ।

उक्त तालिमको सोही महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक उमेश रंजितकारले मंगलबार आयोजित एक कार्यक्रम बीच उद्घाटन गर्नुभयो । द कार्यक्रममा उहाँले ट्राफिक व्यवस्थापन, ट्राफिक नियमको पालना, सडक प्रयोगकर्ताले पालना गर्नुपर्ने नियम सम्बन्धि तालिम प्रदान गरिने उल्लेख गर्दै अनुशानमा रही इमान्दारीपूर्वक तालिम गर्न प्रशिक्षार्थीहरुलाई निर्देशन समेत दिनुभयो ।

तालिम संयोजक प्रहरी नायव उपरीक्षक नविनराज राईले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ३५ दिन कार्यावधि रहेको उक्त तालिममा प्रहरी नायव निरीक्षक ४ जना र प्रहरी सहायक निरीक्षक २७ जना गरी जम्मा ३१ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको समेत जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*