मकवानपुरको चौघडाबाट युवक पक्राउ

तु खबर संवाददाता
२०७४ माघ ९, मंगलवार १८:२६

मकवानपुर, ९ माघ । मकवानपुरको चौघडाबाट लागुऔँषध गाँजा प्रयोग गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार राति करिब १० बजे वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्ने क्रममा शंकास्पद रुपमा हिडडुल गरिरहेको अवस्थामा हेटौँडा ७ चौघडा बस्ने वर्ष २३ को सुबास सुनारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई नियन्त्रणमा लिई शरीर खानतलासी गर्दा जिन्सको पाईन्टको खल्तीमा लुकाई छिपाई ल्याइएको अबैध लागू औषध गाँजा २० ग्राम फेला परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनलाई अदालतबाट लागू औषध ऐन २०३३ बमोजिम ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*