थाहा नगरमा जनकल्याण माविको स्वर्णमहोत्सवमा राष्ट्रपति भण्डारी आउँदै, साताभरि विविध कार्यक्रम हुने

तु खबर संवाददाता
२०७४ माघ ९, मंगलवार १२:१५

-मञ्जरी बलामी
थाहा नगर, ९ माघ । उत्तरी मकवानपुरको थाहा नगरपालिका ३ मा अवस्थित जनकल्याण माविको ५० औं स्वर्ण महोत्सवको अवसर पारेर राष्ट्रपति विद्यादेवी भणडारी आउने भएकी छिन् । स्वर्ण महोत्सव समारोहलागि राष्ट्रपति भण्डारी आउने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । महोत्सवको अवसर पारेर विद्यालय प्राङ्गणमा हलो समातेको मान्छेको प्रतिमा निर्माण गर्नुका साथै स्मारिका समेत प्रकाशन गरिने भएको छ ।

सोमबार विद्यालयकै प्राङ्गणमा पत्रकार सम्मेलन गरि महोत्सवको तयारी, व्यवस्थापन तथा महोत्सव भरि गरिने क्रियाकलापको बारेमा जानकारी गराईएको छ । वि.सं. २०२५ सालमा स्थापना भएको विद्यालयले यस वर्ष माघ १५ देखि २१ गतेसम्म स्वर्ण महोत्सव मनाउन लागेको हो । विद्यालयका प्राचार्य सानोभाई कार्कीले विद्यालयमा बनाउन लागिएको स्तम्भ र स्मारिकाको बारे विस्तृत रुपमा जानकारी गराए । स्तम्भ तथा स्मारिकाको लागि विभिन्न तयारी समेत भईरहेको उनले जानकारी दिए । ३ बाइ ३ को एउटा पिल्लर, त्यसमाथि एउटा हलो समातेको मान्छे, हलो समातेको मान्छे भन्दा अगाडी आलुहरु, र माथिल्लो लेवलमा पुस्तक र कलम हुने उनले जानकारी दिए । नेपाली किसानको आम प्रतिनिधित्व गर्ने भएकाले हलो र विद्यालयको आधार पुँजी आलु भएकाले हलो समातेको मान्छे हुने उनले जानकारी दिए ।

रुपचन्द्र विष्टको आलुु पैठारी गर्ने अवधारणाले विद्यालय अहिलेसम्म चलेकोले स्तम्भमा आलु संकेत नै हुनुपर्छ भनेर आलु नै राख्न लागेको जानकारी उनले गराए । ‘फेरी हलो वाला मान्छे किन भन्दा यस विद्यालय प्राविधिक, सबै मान्छे किसान नै छन् र माथिल्लो लेवलमा पुस्तक र कलम किन भन्दा पढाई भनेको विद्यालय भएर हो ।’ उनले भने ।

त्यसैगरि स्मारिकाको लागि एक साईडमा भ्यु टावर जसले यस स्थानमा रहेको भ्यु टावर बारेमा जनकारी गराउँदछ र एक साईडमा रुपचन्द्र विष्टको फोटो र फोटोको तल पूर्व प्रधानाध्यापक जनकल्याण मावि लेखिने बताइएको छ । जसले रुपचन्द्र बिष्ट पुर्व प्रअ भएको कारण अन्तरराष्ट्रिय महत्व राख्ने विद्यालयको सोचाई रहेको छ । यसप्रति समाजका व्यक्तिहरुले रुपचन्द्रको सम्मान भएको र यसलाई सकारात्मक लिएको समेत उनले बताए । प्राचार्य कार्कीले बिद्यालयको प्रयासमा सबैको साथ सहयोग पाईरहेको र बिद्यालयप्रति समाज सकारात्मक भएकोमा आफू खुशी भएको बताए । मिडियाहरुले प्रचार प्रसारमा सहयोग पुर्याउनमा सहयोग गरिदिन विद्यालयका प्राचार्य कार्कीले सबै मिडियालाई आग्रह समेत गरेका छन् ।

कार्यक्रम अन्तर्गत माघ १५ गते पहिलो दिन कार्यक्रम उद्घाटन, रक्तदान कार्यक्रम, साँस्कृतिक कार्यक्रम तथा कवज प्रदर्शनी र विज्ञान कृषि चित्रकला प्रदर्शनी रहेको छ । त्यसैगरि दोस्रो दिन १६ गते थाहा नगर स्तरीय लङ्ग जम्प प्रतियोगिता, अन्तरक्रिया कार्यक्रम, निवन्ध लेखन, अभिभावक शिक्षक म्युजिकल चियर र साँस्कृतिक कार्यंक्रमको साथमा पुरस्कार वितरण, १७ गते तिलगंगा आँखा अस्पतालको सहयोगमा विहान ९ बजेदेखि दिउँसो ३ बजे सम्म निःशुल्क आँखा परिक्षण, थाहा नगर स्तरीय एकल गायन, सामुहिक नृत्य, दौड ९४०० मिटर, ८०० मिटर र ३००० मिटर साथमा साँस्कृतिक कार्यक्रम हुने जनाइएको छ । साथै जिल्ला स्तरिय छात्र भलिबल (मावि विद्यालय स्तरिय) १८, १९ र २० गते हुने, १८ र १९ गते भने छात्राको कबड्डी हुने भएको छ । त्यसैगरि १८ गते बक्तृत्व कला १९ गते सटपुट तथा साँस्कृतिक कार्यक्रम गरिनेछ । साथै २० गते हाजिरी जवाफ र २१ गते अन्तिम दिन राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा स्वर्ण जयन्ती समारोहको उद्घाटन, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम गरि स्वर्ण जयन्ती समारोहकोे समापन गरिने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*