बस दुर्घटनामा चारजनाको मृत्यु

तु खबर संवाददाता
२०७४ माघ ८, सोमबार १७:२१

सल्यान, ८ माघ । बस दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने २१ यात्रु घाइते भएका छन् ।

रुकुम पश्चिमबाट दाङका लागि छुटेको कालिका मालिका यातायात प्रालिको ना५ख ५३१ नंको बस आज त्रिवेणी गाउँपालिका–६ स्थित बैगारेखोला नजिक दुर्घटना भएको प्रहरी नायब उपरीक्षक भरतबहादुर विकले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा मुसिकोट नगरपालिका– ६ की पुष्पा खड्का केसी र सल्यान बागचौर नगरपालिका– ११ की छन्चरी विक रहेका छन् । अन्य दुईजना पुरुषको सनाखत हुन सकेको छैन । बस सडकबाट करिब डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । गम्भीर घाइतेलाई उपचारका लागि दाङ र नेपालगञ्ज लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*