मकवानपुरको मनकामना जाने पर्यटकहरु भन्छन् “धर्म गर्न जाँदा लडेरै मरिने डर भो”

तु खबर संवाददाता
२०७४ माघ ८, सोमबार १७:०२

–बलराम पुडासैनी
मकवानपुर, ८ माघ । मकवानपुरको मकवानपुृरढी अन्तर्गत पर्ने चर्चित धार्मिक तथा पर्यटकीयस्थल मनकामनासम्म जाने बाटो निकैनै जोखिमपुर्ण छ । आन्तरीक तथा बाह्य पर्यटकहरु हेटौँडादेखिको शोही बाटो हुदैं मककामना मन्दिरर सम्मको यात्रा गर्छन् । तर बाटोको अवस्था हेर्दा एकपटक यात्रा गरेपछि फर्केर सोही बाटो हुँदै जान जो कोहि पनि रुचाउँदैनन्् । स्थानीय बासिन्दाहरु त झन् ३ पाङ्ग्रे सवारी साधनमा ४५ डिग्रीको कोणमा ढल्कीदैं सवार गर्न बाध्य छन् ।

करीब २ किलोमिटरको बाटो हालसम्म पनि मर्मतसम्भार हुन नसक्नु भने लाजै मर्दो पक्ष हो । मनकामना मन्दिरमा दैनिक ५ सय भन्दा बढि आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गर्दछन् । सोहि बाटो हुदैं सवारी साधन मार्फत पनि उल्लेखनीय रुपमा पर्यटकहरुको समेत आवागमन हुने गर्दछ । तर उक्त बाटो हुदैं सवारी साधानमा सवार गर्ने पर्यटकहरु ले तु खबरसंग प्रतिक्रिया दिँदै धर्मकर्म गर्न जाँदा ज्यानै जाला भन्न डर भएको बताएका छन् ।

हिउँदमा त जेनतेन यात्रा गर्न सकिन्छ तर बर्षाको समयमा उक्त बाटोमा सवारी गुढ्नु असम्भव जस्तै भएको स्थानियहरु बताउँछन् । हिँउदमा करीब १ मिटर अग्लो सडकमा धुलो उड्नुका साथै बर्षामा त्यहि सवारी साधन चिप्लिने हिलो बन्छ । सडकको वरीपरि पानी बग्ने ढल निर्माण नहुँदा निकैनै समस्या भएको स्थानियहरुको गुनासो छ ।
यस बिषयमा तु खबरले मकवानपुरगढी गाउँपालिका वडा नम्वर ४ का अध्यक्ष रामप्रसाद तिमल्सिनालाई जिज्ञासा राख्दा उक्त बाटो निर्माणमा आफुहरुको चासो गईरहेको बताए ।

मकवानपुरगढी गाउँपालिकाले पनि यस बाटो निर्माणको लागि हेटौंडा उपमहानगरपालिकाले १० लाख बजेट बिनियोजन गरीसकेको र मकवानपुरगढी गाँउपालिकाबाट १२ लाख बजेट उपभोक्ता समिति मार्फत विनियोजित भईसकेको उनको भनाई छ । उपभोक्ता समिति मार्फत चाडैंनै मर्मतसंभारको काम सुरु हुने उनको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*