आगलागीबाट १८ लाखको क्षति

तु खबर संवाददाता
२०७४ माघ ८, सोमबार १५:३६
तस्बिर–गुगल

काठमाडौं, ८ माघ । मुलुकका विभिन्न स्थानमा भएको आगलागीमा परि १८ लाखभन्दा बढीको क्षति भएको छ ।

संखुवासभाको चैनपुर नगरपालिका–११ डाडागाउँ बस्ने गोबिन्द राई र गजेन्द्र राईको घर र गोठमा आइतबार आगलागी हुदाँ करीब १२ लाख ३५ हजार रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।

सिराहाको सिरहा नगरपालिका–६ बसभिट्टा बस्ने मुरली यादवको घरमा आइतबार आगो ताप्न बालेको घुरबाट आगलागी हुँदा करीब ६ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।

स्थानिय बासिन्दाको सहयोगमा प्रहरील आगलागीे नियन्त्रणमा लिर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*