बाटो ढुकेर किशोरी बलात्कार गर्ने मनहरीका युवक पक्राउ

तु खबर संवाददाता
२०७४ माघ ७, आईतवार १९:०५

मकवानपुर, ७ माघ । वि.सं. २०७४ साउन २ गते राति करिब ११ बजेको समयमा बाटो ढुकेर एक किशोरीलाई बलात्कार गरी फरार रहेका मनहरी गाउँपालिकाका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

मनहरी–२ बस्ने वर्ष १५ की एक बालिकालाई साथीको जन्मदिन मनाई घर फर्कने क्रममा बाटोमा ढुकी जबरजस्ती केरा घारीमा लगी करणी गरी फरार रहेका सोही गाउँपालिका वडा नम्बर २ मै बस्ने २८ वर्षीय सिंहराम रुम्बा भन्ने दिनेश रुम्बालाई प्रहरीले पक्राउ गरेको हो ।

फरार भएपछि निरन्तर खोजतलास गर्ने क्रममा ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले शनिबार पक्राउ गरेको हो । उनलाई जवरजस्ती करणी मुद्दामा कारवाही तथा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले पक्राउ गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*