३ नम्बर प्रदेश सांसदको शपथ ग्रहण सकियो
मकवानपुर, ७ माघ । मकवानपुरको हेटौँडामा ३ नम्बर प्रदेश सांसदहरुको शपथ ग्रहण कार्यक्रम सकिएको छ । हेटौँडा–१० बसपार्कस्थित क्षेत्रिय शिक्षा निर्देशनालयमा स्थापित प्रदेशसभा सचिवालयमा ३ नम्बर प्रदेशका ज्येष्ठ प्रदेशसभा सदस्य डोरमणि पौडेलले १०९ प्रदेश सांसदहरुलाई सपथ ग्रहण गराएका हुन् ।

शपथ ग्रहण गराउँदै सांसद डोरमणि पौडेल, साथमा प्रदेश प्रमुख अनुराधा कोईराला

सपथ ग्रहण गर्दै सांसदहरु
हेटौँडामा ३ नम्बर प्रदेश अन्तर्गत पर्ने काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक, चितवन, धादिङ, रसुवा, नुवाकोट, दोलखा, रामेछाप र सिन्धुली जिल्लाका गरि १ सय १० जना सांसदहरु शपथ ग्रहण गरेका हुन् ।
यस अघि नै मकवानपुरका ज्येष्ठ प्रदेशसभा सदस्य डोरमणि पौडेललाई प्रदेश नम्बर ३ प्रदेश प्रमुख अनुराधा कोईरालाले शपथ ग्रहण गराई सकेकी छिन् ।

सपथ ग्रहणपछि सांसदहरु
