भोलिदेखि ठेलामा सामान नबेच्न उपमहानगरपालिकाको माइकिङ
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले हेटौंडा बजार क्षेत्रबाट फुटपाथ र ठेलामा व्यवसाय गर्नेहरुलाई हटाउन सूचना जारी गरेको छ । प्रदेश प्रमुख अनुराधा कोइराला हेटौंडा आएर पदभार ग्रहण गरेकै दिन उपमहानगरपालिकाले पुटपाथ र ठेलाहरुलाई हटाउन सूचना जारी गरेको हो ।
भोलि ३ नम्बर प्रदेश साँसदहरुको सपथ ग्रहण आयोजना हुँदैछ । यसैको पूर्वसन्ध्यामा ठेला हटाउन र फुटपाथमा समान राखी बिक्रीवितरण गर्ने काम बन्द गर्न सूचना जारी भएको हो । उपमहानगरपालिका स्रोतले भने राजधानी घोषित भइसकेपछि बजार र सडकको व्यवस्थापनका लागि प्रयास सुरु गरिएको बताएको छ । ठेलाहरुको व्यवस्थापन जरुरी छ, भोलि वा पर्सीमै कुनै व्यवस्थापन बारे छलफल हुने उपमहानगरपालिकाले जानकारी दिएको छ । अहिले राति अबेरसम्म पनि उपमहानगरपालिकाले माइकिङ गरिरहेको छ ।
