बस्तिपुर जेसिजको सातौं साधारणसभा, राममणि बर्तौला वर्ष २०१८ को अध्यक्षमा चयन
मकवानपुर ६ माघ । बस्तिपुर जेसिजको सार्तौ साधारणसभाले हिजो (शुक्रवार) अध्यक्ष पदको लागि राममणि बर्तौलालाई सर्वसम्मत चयन गरेको छ । सभाले बर्ष २०१८ को लागि बर्तौलालाई चयन गरेको हो । सभाले बर्तौलाको नेतृत्वमा कार्यकारीणी उपाध्यक्ष ज्योतिराज लुईटेल र रमिला घलान घलाईलाई चयन गरेको छ ।
उपाध्यक्षहरुमा संजिव पाठक , दिपेश के सि , सन्तोष उप्रेती ,र प्रमोद अधिकारी चयन भएका छन् ।
कार्यक्रममा बोल्दै जेसिजका नवनिर्वाचित अध्यक्ष बर्तौलाले भने युवाहरुको नेतृत्व र व्यक्तित्व विकास गर्दै उनीहरुको व्यवसायीक प्रवद्धनमा विशेष जोड दिँदै आईरहेको जेसिजलाई आगामी दिनहरुमा समेत युवाहरुको सामाजिक उत्तरदायित्वको भावनामा विकासका लागि महत्वपुर्ण माध्ययमको रुपमा स्थापित गराउन आफु लाग्ने बताए ।
कार्यक्रमा बस्तिपुर जेसिजका पुर्व अध्यक्ष पुस्कल न्यौपानेको सभाध्यक्षतामा भएको थियो ।
