ई प्लानेट हेटौंडा शाखाको औपचारिक सुभारम्भ आजबाट

तु खबर संवाददाता
२०७४ माघ ४, बिहीबार ११:४५

मकवानपुर ४ माघ । मुलुकका विभिन्न स्थानमा रही  शिक्षाको क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याउँदै आएको ई प्लानेट अस्ट्रेलिएन एजुकेशन एण्ड भिजा सर्मिसको औपचारीक सुभारम्भ आज हेटौंडामा पनि भएको छ । केहि महिना अधि हेटौंडामा पनि साखा विस्तार गरेको ई प्लानेटले आज बाट भने औपचारीक रुपमै उद्घाटन गरी कार्य संचालन गरेको हो । मकवानपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष कृष्ण कुमार कटुवालले पानसमा बत्तीबालेर समुद्घाटन गरेका हुन् ।


समुद्घाटन समारोहलाई सम्बोधन गर्दै कटुवालले प्रदेशको राजधानि हेटौंडा अस्थायी रुपमा घोषणा भएको बेला ईन्स्टीच्युटले हेटौंडामा साखा विस्तार गर्नु सुभ संकेत देखिएको बताएका छन् । कटुवालले व्यवसायीक मुनाफा र सेवा प्रदान गर्दै ईन्स्टीच्युट संचालन गर्न सुभाव समेत दिएका थिए ।


ई प्लानेटका म्यानेजिङ् डाईरेक्टर सागर बाँनियाले बिध्यार्थीहरुलाई क्षमता र लगनशिलता हेरी उनीहरुलाई सहि गन्तव्यमा पुर्याउन ईन्स्टीच्युटले मद्त गर्ने बताए । पुर्ण मुनाफा मात्र नहेरी बिध्यार्थी भविष्यको लागि पनि सोच्ने उनले बताए । उनका अनुसार ई प्लानेटले अष्ट्रेलिया जान चाहाने र सक्षम बिध्यार्थीहरुलाई आवश्यक परामर्श ,र शिक्षा प्रदान गर्ने छ ।


कार्यक्रममा माओवादी केन्द्र मकवानपुरका संचार विभाग प्रमुख कमान सिं पाख्रिन पृकथ लगाएत अन्य बुद्धिजिवि र शिक्षा प्रेमीहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*