नवराज सिलवाललाई पक्राउ गर्न प्रहरीको सातै प्रदेशमा पत्राचार
मकवानपुर । नवनिर्वाचित सांसद नवराज सिलवाललाई पक्राउ गरी प्रहरी मुख्यालयमा बुझाउन प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागले सबै प्रदेश प्रहरीलाई पत्राचार गरेको छ । प्रहरीले ७ वटै प्रदेश प्रहरी कार्यालयलाई आज पत्राचार गरेको हो ।

खोजतलास सम्बन्धी पत्र नयाँ पत्रिकाबाट साभार
सरकारी कागजात किर्ते मुद्धाको अनुसन्धान गर्न सिलवाललाई प्रहरीले पक्राउ पूर्जी जारी गरेको हो । सिलवालको स्थायी घर ललितपुरको गोदावरी भएपनि उनी हालसम्म पक्राउ पर्न सकेका छैनन् । प्रहरीले सिलवाललाई खोजतलास गरिरहेको छ ।
