मकवानपुरमा सबैभन्दा बढी केश दर्ता, बलात्कार तथा यौन शोषणको घटना मात्रै ९ वटा

तु खबर संवाददाता
२०७४ माघ ३, बुधबार १९:१२
फाइल फोटो

मकवानपुर, ३ माघ । मकवानपुरमा बाल हेल्पलाइन जिल्ला समन्वय समितिको बैठक आज सम्पन्न भएको छ । बैठकमा सन् २०१७ को १२ महिनामा दर्ता भएका घटनाहरुका बारेमा समेत जानकारी दिइएको थियो ।

जिल्लागतरुपमा हेर्दा २२ वटा जिल्लाका केश बालहेल्पलाइनमा दर्ता भएका छन् । त्यसमा सबै भन्दा बढि मकवानपुरका ६४ बालक र १२६ बालिका गरि १९० केश दर्ता भएको बालहेल्पलाइनका जिल्ला संयोजक झबिन्द्र ज्ञवालीले जानकारी दिए । त्यसै गरि बाल हेल्पलाइनमा २०१७ को १२ महिनामा २ सय ३९ वटा घटना दर्ता भएका छन् , जस मध्ये १०३ वटा (४३ प्रतिशत) बालक र १३६ वटा (५७ प्रतिशत) बालिका रहेका छन् ।

घटना दर्ता भएका मध्ये हराएका ४२ मा ३७ जना फेला परेका छन् । सिविनका अनुसार बेवारिसे फेला परेका २०, शैक्षिक सहायताको लागि ७० जना, श्रमशोषणमा १९ जनाको घटना दर्ता भएको थियो । १९ जनालाई उद्धार गरि जरिवाना २९,००० र क्षतिपूर्ति १,२६८०० भराइएको सिविनले जनाएको छ ।
त्यस्तै बालविवाहका ११ वटा घटना दर्ता भएको मध्ये ८ वटा रोकिएको छ । बाल हेल्पलाईनमा स्वास्थ्य उपचार सम्बन्धि १५, बालबालिकाको बेचबिखन तथा ओसारपसार सम्बन्धी २७, जन्मदर्ता र नागरिकता सम्बन्धी समस्या ४ वटा र बालदुव्र्यवहार तथा हिंसा सम्बन्धि १८ वटा घटना दर्ता भएका छन् । जसमध्ये बलात्कार तथा यौन शोषणको घटना मात्रै ९ वटा रहेको र ९ वटा शारीरिक दण्ड सजाय सम्बन्धि रहेको सिविनले जनाएको छ । त्यस्तै बालबालिकाको वेवास्ता सम्बन्धी ४ वटा, बाल बिज्याइ सम्बन्धी २, पारिवारिक द्वन्द्व १४ जना, आमाबाबु जेलमा रहेका ४ जना लगायतका घटनाहरु दर्ता भएका छन् ।

तस्बिर–गुगल

उमेर समुहलाइ हेर्दा १४–१६ वर्षका ९३ जनाको (३९५) सवै भन्दा धेरै घटना दर्ता भएका छन् । बाल हेल्प लाईन नम्बर १०९८ मा ३ हजार ५ सय ७८ वटा कल आएको थियो जसमा पुरुषले गरेका १ हजार ४ सय ४८ ,महिलाले गरेका १ हजार ७ सय ७२ र बालबालिका स्वयमले गरेका ५ सय १८ कल रहेका छन् ।

सूचनाको श्रोतका आधारमा हेर्दा निःशुल्कफोन नं. १०९८ मा ७१ वटा घटना (३० प्रतिशत), पत्रपत्रिकामा प्रकाशित सूचना तथा समाचार अनुसार ३९ वटा (१६ प्रतिशत), जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट २४ वटा (१० प्रतिशत), अन्य संघसंस्था र निकायबाट ९० वटा (३७ प्रतिशत) र सरकारी निकायबाट १५ वटा (६ प्रतिशत) घटना दर्ता भएका थिए ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला बाल कल्याण समितिका अध्यक्ष चक्र बहादुर बूढाको अध्यक्षतामा बसेको बैठकमा समितिका २१ जना सदस्यहरुको सहभागिता रहेको बाल हेल्पलाइनले जनाएको छ ।

बाल हेल्पलाइन जिल्ला समन्वय समिति र सिविन नेपालद्वारा सञ्चालित बाल हेल्पलाइन नेपाल मकवानपुरको आयोजनामा सञ्चालित समितिको बैठकमा जिल्ला समन्यव समितिको उपप्रमुख भगवती पुडासैनी र हेटौँडा उपमहानगरपालिका उपप्रमुख मीना लामाको आतिथ्यता रहेको थियो । कार्यक्रममा मकवानपुरकी जिल्ला बाल कल्याण अधिकारी विष्णुकुमारी लामिछाने, हेटौँडा उपमहनगरपालिकाका प्रबन्धक भिम तिमल्सिना, नेपाल दूरसञ्चार कार्यालयका प्रमुख सुजित आनन्द मल्ल, श्रम कार्यालयका प्रमुख नितेश्वर राय यादव, नितेश्वर राय यादव, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रामचन्द्र पाठक, नेपाल शिक्षक महासंघका अध्यक्ष जिधराज ढकाल, प्याब्सन मकवानपुरका अध्यक्ष मदन दहाल, प्लान इन्टरनेशनल नेपालका लैङ्किक तथा बालअधिकार कार्यक्रम संयोजक राम खत्री, नेपाल पत्रकार महासंघका अध्यक्ष हरि हुमागाई लगायतका सदस्यहरुको सहभागिता रहेको थियो ।

बैठकमा सहभागी सदस्यहरुले बाल हेल्पलाइनको दिगो प्रवद्र्धनका निम्ति सबैको सहयोग, सहकार्यको निम्ति प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रमकी अतिथि मिना लामाले हेल्पलाइनको कोष व्यवस्थापनमा हेटौँडा उपमहानगरपालिकाको तर्फबाट केही सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रममा बालहेल्पालइन जिल्ला संयोजक झबिन्द्र ज्ञवालीले वालहेल्पलाइनको वार्षिक प्रतिवेदनको साथै बालहेल्पलाइन संचालन गर्दा भएका समस्या एवं चुनौति आदि प्रस्तुत गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*