शिवम् र हेटौंडा सिमेन्ट उधोगले पुरानै मुल्य कायम नगरे संघर्षपुर्ण आन्दोलन गर्छौ :युवा संघ अध्यक्ष चौलागाई 

तु खबर संवाददाता
२०७४ माघ ३, बुधबार १८:२३

मकवानपुर ३ माघ । शिवम् सिमेन्ट उद्योग र हेटौंडा सिमेन्ट उद्योगले पटक पटक गरेको मुल्य बृद्धि प्रति युवा संघ मकवानपुर र योङ कम्युनिष्ट लिग मकवानपुरले आफुहरुको  गम्भीर ध्यानाकर्षण भएको जनाएको  छ । संगठनहरुले  संयुक्त रुपमा आज (बुधवार) जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ध्यानाकर्षण पत्र बुझाँउदै  सिमेन्ट उद्योगले अप्रत्यासीत रुपमा मुल्य बृद्धि गरेको प्रति संगठनको गम्भिर ध्यानाकर्षण भएको स्पष्ट पारेको छ ।

राष्ट्रिय पुन :  निर्माण आयोगले भुकम्प पिडितहरुलाई निर्माण सम्पन्न गर्न दिएको म्यादको समय सिमा सकिँदै गर्दा सिमेन्ट उद्योगहरुले भने सिमेन्टको मुल्य बृद्धि गरेर राष्ट्रप्रतिको जिम्मेवारीबाट पन्छिन खोजेको प्रति आफुहरु गम्भिर भएको युवा संघ अध्यक्ष सन्तोष चौलागाईले तु खबर संग भने ।

उनले भने “ शिवम् सिमेन्ट र हेटौंडा सिमेन्टले पुरानै मुल्य कायम राख्नुपर्छ यदि ध्यानाकर्षण पत्रको वेवास्था भएको खण्डमा संधर्षपुर्ण आन्दोलन गर्छौं ।”

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*