हेटौँडामा फागुनदेखि फुटपाथ व्यवसायलाई व्यवस्थापन गरिने

तु खबर संवाददाता
२०७४ माघ २, मंगलवार १७:४४

हेटौँडा, २ माघ । मकवानपुर उद्योग वाणिज्य संघले हेटौँडा बजारमा सर्वसाधारण पैदल यात्रीको हितका लागि फागुनबाट फुटपाथ व्यवसायलाई व्यवस्थापन गर्ने भएको छ ।

व्यावसायिक हित तथा सदस्यहरुको सुविधाका लागि आफ्नो वस्तुगत संघस“ग आज संघले छलफल गरेको छलफलमा जानकारी दिँदै संघका अध्यक्ष कृष्ण कटुवालले त्यस्तो जानकारी दिएका हुन् । संघका अध्यक्ष कटुवालको अध्यक्षतामा आज तैयारी पोशाक व्यवसायी संघ र औषधि व्यवसायी संघस“ग बेग्लाबेग्लै प्रारम्भिक छलफल गरेका गरिएको हो । छलफलको क्रममा संघको आह्वानमा गरिदै आएको शनिबार बन्दलाई नियमन गर्न सबै वस्तुगत संघले संयुक्त रुपमा पहल गर्ने निर्णय गरेको छ ।

छलफलमा तैयारी पोशाक व्यवसायी संघका अध्यक्ष समीर डंगोलले संघको प्रस्तावलाई आफ्नो तर्फबाट पूर्ण सहयोग रहने बताएका छन् । आजै भएको औषधि व्यवसायी स“गको छलफलमा संघका सदस्यहरुलाई आवश्यकीय औषधिहरुमा छुट गरिदिन आग्रह गरिएको थियो । संघको प्रस्तावलाई सकारात्मक रुपमा लिदै औषधि व्यवसायी संघका अध्यक्ष सुधीर दाहालले एकसाता भित्र आफ्नो कार्यसमितिको बैठकमार्फत निर्णय गरी छुटको प्रतिशत तय गरिने जानकारी दिएका छन् ।

आज भएको छलफलमा व्यावसायिक समस्याको बारेमा समेत छलफल गरिएको थियो । छलफलमा दुबै वस्तुगत संघका पदाधिकारी, सदस्यसहित मकवानपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, उपाध्यक्ष गणेश प्रसाद भेटुवाल, रामप्रसाद न्यौपाने, महासचिव प्रमोदसिंह रानाभाट, कोषाध्यक्ष अनिल अग्रवाल, सचिव सन्तोष अर्याल, काव्यमणि अधिकारी, महिला समिति सभापति निलम बैद्य, संघका कार्यसमितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*