अग्रज पत्रकार थापाको निधन

तु खबर संवाददाता
२०७४ माघ २, मंगलवार १४:५२

इनरुवा, २ माघ । सुनसरीका अग्रज पत्रकार डम्बरबहादुर थापाको आज बिहान इनरुवा–६ मधेशास्थित आफ्नै निवासमा दम रोगका कारण निधन भएको छ ।

एकहत्तर वर्षीय थापाले केही सातायता नियमित औषधि सेवन गरिरहनुभएको थियो । निडर पत्रकार थापा पञ्चायतकालमा निष्पक्ष र स्वतन्त्र पत्रकारितालाई अघि बढाउन सफल बनेकै कारण योद्धा पत्रकारका रुपमा कहलिनुभएको थियो । उहाँले २०४७ फागुन २४ गते योद्धा पत्रकारको उपनामसहित ‘सिर्जनशील पत्रकारिता पुरस्कार’ समेत हात पार्नुभएको थियो ।

विराटनगरमा स्थापित प्र्रेस क्लबका संस्थापक सदस्य थापाले ‘मातृभूमि’ साप्ताहिकबाट पत्रकारिताको थालनी गर्नुभएको थियो । थापाले ‘प्रगति’, ‘करेन्ट’लगायत विभिन्न छापामाध्यममा काम गर्नुभएको थियो ।

थापाले पत्रकारिताका कारण विभिन्न समयमा गरी छ पटकमा तीन वर्ष नौ महिना १७ दिन कारागार भोग्नुपरेको थियो । थापाको निधनप्रति नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियन सुनसरी शाखाले दुःख व्यक्त गरेका छन् । – (रासस)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*