आगलगीबाट १४ लाखको क्षति

तु खबर संवाददाता
२०७४ माघ २, मंगलवार १३:५३
तस्बिर–गुगल

काठमाडौं, २ माघ । मुलुकका विभिन्न स्थानमा भएको आगलागीमा करिब १४ लाखको क्षति भएको छ ।

काठमाडौको काठमाडौं महानगरपालिका–१० पुरानो बानेश्वर बस्ने ३२ वर्षीय दिपा खाती क्षेत्रीले कुमारी कम्प्लेक्समा संचालन गरेको नरेन फेसन हाउस पसलमा मंगलबार विद्युत सर्ट भई आगलागी हँुदा करीब २ लाख रुपैयाँ बराबरको कपडा जलेर क्षति भएको छ ।

अर्घाखाँचीको सितगंगा नगरपालिका–७ खन्नेपानी बस्ने ३३ वर्षीय जिवन नेपालीको खरले छाएको दुई तल्ले घर र कच्ची गोठमा सोमबार आगलागी हुदाँ घर,गोठ र १ वटा गाई जलेर करीब १२ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*