सवारी दुर्घटनामा ३ जनाको मृत्यू
काठमाडौं, २ माघ । मुलुकका विभिन्न स्थानहरुमा भएको सवारी दुर्घटनामा परि ३ जनाको ज्यान गएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका–१० स्थित निरञ्जना भन्ने स्थानमा बा.४ख ८०३० नम्बरको ट्रकले सोही ठाउँ बस्ने पैदलयात्री ६० वर्षीया यमबहादुर पाण्डेलाई सोमबार ठक्कर दिंदा गम्भीर घाईते भएकाले जिल्ला अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कास्कीको पोखरा लेखनाथ महानगरपालिका–२५ हेम्जा स्थित पोखरा–बागलुङ सडकखण्डमा ग.७प ७१३४ र लु.५ख ३९१४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा दुबै मोटरसाइकलमा सवार ४ जना घाइते भएकाले २ जनालाई फिस्टेल अस्पताल र २ जनालाई मणिपाल अस्पताल पठाएकोमा ग.७प ७१३४ नम्बरको मोटरसाइकल चालक सोही ठाँउ बस्ने ४५ वर्षीय घनश्याम त्रिपाठीको मणिपाल अस्पतालमा उपचारको क्रममा सोमबार मृत्यु भएको छ ।
सप्तरीको सप्तकोशी नगरपालिका–४ स्थित बर्लादचोकमा स.८प ८९५९ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किन गई दुर्घटना हुँदा चालक कन्चनरुप नगरपालिका–४ बस्ने २२ वर्षीय सुमन चौधरीको सोमबार घट्नास्थलमै मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल पछाडि सवार सोही ठाउँ बस्ने २२ वर्षीय धनेश्वर चौधरी र २० वर्षीय मोहन चौधरी घाईते भएकाले उपचारको लागि स्थानिय मेडिकल लगिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।
