पदमपोखरीका गुम्बाहरुमा विश्व शान्तिका लागि पूजा (फोटो फिचर)

तु खबर संवाददाता
२०७४ माघ १, सोमबार ०६:५९
तस्बिर–मञ्जुश्री लोप्चन

मकवानपुर, १ माघ । थाएसास गोल्फेल्लीङ धर्म श्रवण तथा चिन्तन बिस्तार केन्द्र र हृग्याल छ्युलिङ गोन्पाको संयुक्त आयोजनामा विश्व शान्तिका निमित्त दोर्जे फुर्वा बज्रकिलाया पुजा तथा प्रबचन कार्यक्रम शनिबार हेटौंडाको पदमपोखरीमा सम्पन्न भएको छ ।

तस्बिर–मञ्जुश्री लोप्चन

बर्तमान समयमा मानिसकरुमा अशान्ति ,हत्या,हिँसा,आतंक विभिन्न रोगको संक्रमण, महामारी, अनिकाल र चिन्ता बढेको कारण त्यसको समाधानका लागि दार्जे फुर्पा बज्रकिलाया पुजाको आयोजना भएको आयोजकले जनाएको छ ।

तस्बिर–मञ्जुश्री लोप्चन

कार्यक्रम परम पावन टुल्कु साङ्गे शेडुप तेन्जिन ठिन्ले पेल साङपो –रिन्पोछे को प्रमुख आथित्यता रहेको थियो । पुजा पुसको २७ २८ र २९ गते गरी ३ दिन संचालन भएको थियो । पुजाबाट उल्लेखनिय मानिसहरुले गुरुको उपदेश लिएको समेत आयोजकले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*