ट्र्याक्टरले ठक्कर दिँदा महोत्तरीमा गोरु मर्यो

तु खबर संवाददाता
२०७४ पुष ३०, आईतवार १४:०३

गौशाला, ३० पुस महोत्तरी जिल्ला, गौशाला नगरपालिका–१ रामनगरस्थित शर्मा चोकमा आज ट्र्याक्टरले ठक्कर दिँदा टायरगाडामा जोतिएको एक गोरु मरेको छ ।

इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भोला भट्टका अनुसार गौशालाबाट स्थानीयवासी शम्भु महतोले टायरगाडामा उखु बोकी रामनगर चिनी मिल जाँदै गरेको अवस्थामा मिलबाटै आइरहेको ज१त १०६१ नंको ट्र्याक्टरले शर्मा चोकमा टायरगाडालाई ठक्कर दिँदा सो दुर्घटना भएको थियो ।

प्रहरीले ठक्कर दिने ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय गौशालामा ल्याएको छ । यता गोरुधनी महतो क्षतिपूर्ति पाउनुपर्ने माग गर्दै स्थानीयवासीका साथमा इलाका प्रहरी कार्यालय पुगेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*