हेटौँडा अस्पतालमा नर्सहरु नै आन्दोलनमा
हेटौँडा, ३० पुस । नेपाल नर्सिङ संघ मकवानपुरले ११ बुँदे मागसहित मकवानपुरको हेटौँडा अस्पतालमा आज १ घण्टा धर्ना दिएको छ ।
विभिन्न मागहरु सहित नर्सहरुले हेटौँडा अस्पतालमा हातमा कालो पट्टी बाँधेर एक घण्टा धर्ना दिएका हुन् । ‘अधिकार सहितको नर्सिङ सेवा महाशाखा पुर्नस्थापना गर्नुपर्ने, नीजि स्वाथ्य क्षेत्रमा कार्यरत नर्सहरुको तलव, भत्ता सेवा सुविधा नेपाल सरकारका नर्स सरह उपलब्ध गर्नुपर्ने, भोलेन्टिएरको नाममा श्रम शोषण गर्न नपाईने, मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्किासित नर्सिङ कर्मचारीलाई पुर्नवहाली गर्नुपर्ने लगायतका ११ वटा माग सहित हेटाँैडामा पनि धर्ना दिइएको हो ।
नेपाल नर्सिङ संघको आव्हानमा देशभर नै जिल्लामा कार्यरत नर्सहरुले माग सहित विरोध कार्यक्रम गरिरहेको नर्सिङ संघ मकवानपुरका उपाध्यक्ष गंगा दाहालले बताए । पहिलो चरणको कार्यक्रम अन्र्तगत ३ दिन कालोपट्टी बाँधेर काम गरेको र दोस्रो चरण विहान १० बजेदेखि ११ बजेसम्म कालो पट्टी बाँधेर धर्ना कार्यक्रम आज सकिएको संघका सचिव निर्मला ब्लोनले जानकारी दिए ।
