मकवानपुरको लागि ४ अर्ब २९ करोड ५८ लाख बजेट
मकवानपुर । संघीय सरकारबाट मकवानपुरको लागि ४ अर्ब २९ करोड ५८ लाख रुपैयाँको बजेट प्राप्त हुने भएको छ । आगामी आर्थिक वर्षका लागि संघीय सरकारले मकवानपुरका दश वटा स्थानीय तहका लागि उक्त बजेट छुट्याएको हो ।
संघीय सरकारले मकवानपुरको हेटौंडा उपमहानगरपालिकालाई सबैभन्दा बढी बजेट छुट्याइएको छ । हेटौंडा उपमहानगरपालिकाले १ अर्ब १४ करोड ५० लाख रुपैयाँ बजेट छुट्याएको छ ।
यसैगरी, थाहा नगरपालिकाले ४५ करोड ४ लाख रुपैयाँ, ईन्द्रसरोवर गाउँपालिकाले २३ करोड ३६ लाख रुपैयाँ, कैलाश गाउँपालिकाले २८ करोड३२ लाख रुपैयाँ, बकैया गाउँपालिकाले ४६ करोड रुपैयाँ, बागमती गाउँपालिकाले ३५ करोड १४ लाख रुपैयाँ, भीमफेदी गाउँपालिकाले ३४ करोड ४६ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।
यस्तै, संघीय सरकारले मकवानपुरगढी गाउँपालिकाले ३ करोड ३८ लाख रुपैयाँ, मनहरी गाउँपालिकाले ३४ करोड २३ लाख रुपैयाँ, राक्सिराङ गाउँपालिकाले ३२ करोड १५ लाख रुपैयाँ बजेट छुट्याइएको छ । आगामी आर्थिक वर्षका लागि संघीय सरकारबाट अनुदान बापत यो रकम प्राप्त गर्ने भएको हो ।
