डा. केसी साधारण तारेखमा रिहा, प्रधानन्यायाधीशको शैक्षिक योग्यता र नागरिकताको प्रमाणपत्र मगाउन सर्वोच्चको आदेश (हेर्नुहोस्, आदेशसहित )
काठमाडौँ । सर्वोच्च अदालतले डा. गोविन्द केसीलाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीशद्वय पुरुषोतम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले डा. केसीलाई कानून व्यवसायीहरुको जिम्मामा छाड्न आदेश दिएको हो ।

साथै सोही इजलासले प्रधानन्यायाधीश गोपाल पराजुलीको शैक्षिक योग्यता र नागरिकताको प्रमाणपत्र मगाउन पनि आदेश दिएको छ । अदालतको अवहेलना मुद्धामा सुनुवाइ गर्दै यसअघि सर्वोच्चले डा. केसीलाई पक्राउ गर्न पूर्जी जारी गरेको थियो । लगत्तै उनलाई प्रहरीले अनसन स्थल महाराजगंजबाट पक्राउ गरी हिरासतमा राखेको थियो । हिजो सर्वोच्च उपस्थित गराइएका डा. केसीले बयानका क्रममा प्रधानन्यायाधीश पराजुलीमाथि कारवाही हुनुपर्ने माग गरेका थिए ।

