चितुवाको छाला सहित मकवानपुरको पालुङमा एक पक्राउ

तु खबर संवाददाता
२०७४ पुष २६, बुधबार २०:५७
मकवानपुरको थाहा नगरपालिकामा बरामद गरिएको चितुवाको छाला

मकवानपुर २६ पुस । मकवानपुरको थाहानगरपालिका १ ओखरबजार (पालुङ) स्थित त्रिभुवन राजपथ सडक क्षेत्रबाट हिउँ चितुवाको छालासहित १ जनालाई ईलाका प्रहरी कार्यालय पालुङले नियन्त्रणमा लिएको छ ।

थाहा नगरपालिका वडा नम्वर ८ बस्ने राजिव थापालाई आज विहान १० बजे विशेष सुचनाको आधारमा पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । थापाले १४ लाखमा उक्त चितुवाको छाला विक्री गर्नको लागि ग्राहक खोजिरहेको अवस्थामा उनलाई पक्राउ गरीएको समेत जिल्ला प्रहरी कार्यलयले जानकारी दिएको छ ।

चितुवाको छाला ६ फिट लम्वाई ,१ फिट ६ ईन्च चौडांई रहेको छ । पक्राउ परेका थापालाई कारवाहीको लागि जिल्ला बन कार्यालय पठाउने तयारी भईरहेको मकवानपुरका एसपी विकासराज खनालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*