डाक्टर केसीको रिहाईको माग गर्दै हेटौंडामा प्रदर्शन

तु खबर संवाददाता
२०७४ पुष २५, मंगलवार १८:२१

मकवानपुर २५ पुस । मकवानपुरको हेटौंडामा आज डा गोविन्द केसिको रिहाईको माग गर्दै दवाव मुलक शान्ति प्रर्दसन भएको छ । डा केसीले लामो समयदेखि नेपालको स्वास्थ्य क्षेत्रको समस्या सुधारको लागि पहल गरीरहेको प्रति सरकारले सम्मान गर्नुको सट्टा उल्टो अपराधिलाई जस्तो गिरफ्तार गरेको भन्दै हेटौंडाका स्वास्थ्यकर्मीहरुले दवाव मुलक शान्ति प्रद्धर्सन गरेका हुन् । प्रद्धर्सन डा.केसीलाई निसर्त रीहाईको माग सहित नेपालको स्वास्थ्य क्षेत्रसुधारका लागि विभिन्न सुझाव सहितको नाराहरु लेखिएका बोर्ड देखाएर विरोध प्रदशर्न गरीएको मकवानपुरका स्वास्थ्य व्यवसायी एवं मेलान मकवानपुरका अध्यक्ष उत्सव चौलागाईले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*