शितलहर पीडितलाई नयाँ सोचको सहयोग

तु खबर संवाददाता
२०७४ पुष २५, मंगलवार १४:०४

मकवानपुर, २५ पुस । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ७ का क्रियाशिल युवाहरुको संस्था नयाँ सोचले बारा जिल्लाका शितलहर पीडित मुसहरहरुलाई न्यानो कपडा बितरण गरेको छ । आईतबार पूर्वी बाराको बसन्तपुरस्थित मुुसहरबस्ती पुगेर उनीहरुले चारसय जनालाई न्यानो कपडा बितरण गरेका हुन् ।

३० बोरा ज्याकेट, स्वीटर, पाईन्ट लगायत कपडा बितरण गरेको संस्थाका संयोजक सुशिल सुवेदीले बताए । रोजगारी र काम विषेशले विदेश र बिभिन्न शररमा रहेका युवाहरुलाई समेटेर फरक सोच संस्था गठन गरी सामाजिक कार्यमा आफुहरु अघि बढेको उनले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*