अदालतको अवहेलना मुद्दामा डा. केसीलाई पक्राउ पूर्जी, प्रहरी उनलाई पक्राउ गर्न अनसनस्थलमा
काठमाडौं / सर्वोच्च अदालतले अवहेलना मुद्दामा प्रा. डा. गोविन्द केसीलाई पक्राउ गर्न पूर्जी जारी गरेको छ । पुर्जी जारी भए लगत्तै प्रहरी उनलाई पक्राउ गर्न उनले अनसन सुरु गरेको स्थानमा पुगेको छ ।
अनसन सुरु गर्नु अघि पत्रकार सम्मेलनमा डा. केसीको प्रधानन्यायाधीश पराजुलीमाथि भ्रष्ट र माफिया भएको आरोप लगाउदै अदालत न्याय दिने नभइ न्यायको किनबेच गर्ने, भ्रष्ट र अपराधीहरुसँग मिलेमतो गरेर तिनीहरुको संरक्षण गर्ने तथा इमान्दारलाई दण्डित गर्ने गिरोहको नियन्त्रणमा रहेको अरोप लगाएका थिए ।

Photo: The himalayan Times बाट साभार
डा. केसीकाे अभिव्यक्ति लगत्तै न्यायधिश डम्बरबहादुर शाहीको इजलाशले पक्राउ पूर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी गरेलगत्तै अदालत प्रशासनले डा. केसीलाई भोलि बिहान ९ बजे अदालतमा उपस्थित गराउन प्रहरीलाई निर्देशन दिएको थियो ।
प्रहरीले प्रा. डा. गोविन्द केसीलाई महाराजगञ्जस्थित शिक्षण अस्पतालको अनसनस्थलबाट पक्राउ गर्न प्रहरी त्यहाँ पुगेको छ ।
