ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस

तु खबर संवाददाता
२०७९ चैत्र १५, बुधबार ०८:०१
file-photo

ताप्लेजुङ । नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर गएराति भूकम्पको धक्का महसुस भएको छ । गएराति ११ बजेर ४१ मिनेट जाँदा ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, उक्त भूकम्पको धक्का पूर्वका विभिन्न जिल्लामा महसुस गरिएको थियो ।

पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिम क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम बढेको छ । यसअघि यही चैत्र १० गते मुगुको भिइ केन्द्रविन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको थियो ।