दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु
२०७९ फाल्गुन २८, आईतवार ०८:१७
बारा । बारामा शनिबार साँझ सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । साँझ करिब साढे ६ बजे बारा महागढीमाई नगरपालिका ८ थलही पुल नजिकै कलैयाबाट लङ्गडाचोक तर्फ जाँदै गरेको ना ३७ प ४१४८ नम्वरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको नम्बर नखुलेको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक आदर्श कोतवाल गाउँपालिका–१ जमुनिया बस्ने २२ वर्षका विकास कुमार साह रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रहरीका अनुसार, दुर्घटनामा परेर साह गम्भीर घाइते भएका थिए । घाइते उनको उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले दुर्घटनाग्रस्त मोटरसाइकल नियन्त्रणमा लिएको छ भने फरार रहेको गाडीको खोजतलास भइरहेको छ ।
