दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु

तु खबर संवाददाता
२०७९ फाल्गुन २६, शुक्रबार १६:५४

काठमाडौं । काठमाडौंको घण्टाघरमा आज बिहान पैदलयात्रुलाई ठक्कर दिएर मोटरसाइकल पल्टिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक भोजपुरको षडानन्द गाउँपालिका ११ घर भई हाल काठमाडौं बस्ने सुजल छावुहाङ राई रहेका छन् । शुक्रबार बिहान ७ बजे बा ६५ प ५६०८ नम्बरको मोटरसाइकलले पैदलयात्रुलाई ठक्कर दिएर पल्टिँदा उनी गम्भीर घाइते भएका थिए ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा शुक्रबार बिहान सवा ७ बजे राष्ट्रिय ट्रमा सेन्टर महांकालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाईते भएका पैदलयात्रु काठमाडौंको नैकाप बस्ने ५८ वर्षीय असोक कुमार महर्जनको सोही अस्पतालमा उपचार भईरहेको छ ।