इङवा हाइड्रोपावरको आईपीओ आजदेखि खुला

तु खबर संवाददाता
२०७९ फाल्गुन २१, आईतवार १०:४४
file-photo

काठमाडौं । इङवा हाइड्रोपावरको आईपीओ आजदेखि बिक्री खुला भएको छ । कम्पनीले दुई चरण गरेर आईपीओ निष्कासन गरेको हो ।

पहिलो चरणमा हाइड्रोपावरले स्थानीय बासिन्दाका लागि आफ्नो जारी पुँजीको ६० करोड रुपैयाँको १० प्रतिशत अर्थात् ६ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्न लागेको हो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ६ लाख कित्ता सेयर निष्कासन गरेको हो ।

त्यस्तै, दोस्रो चरणमा सर्वसाधारणमा निष्कासन हुने १२ लाख कित्तामध्ये १० प्रतिशत अर्थात् १ लाख २० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुटाइएको छ ।

स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । यसमा चैत्र ५ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयसम्ममा पूर्ण आवेदन नपरेमा चैत २० गतेसम्म आवेदन दिन पाउनेछन् ।