स्कुल बसले ठक्कर दिंदा वृद्धको मृत्यु
धनगढी । कैलालीमा स्कुल बसले ठक्कर दिँदा एक जना वृद्धको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका–६ को खैरानामा माउन्ट शैपाल स्कुलको से १ क ४४१ नम्बरको बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ६५ वर्षीया बाटुबट्टे आले मगर रहेको जिल्ला प्रहरी कार्यालय प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, बसको ठक्करबाट गम्भीर घाइते भएका आले मगरको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । उनको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा राखिएको छ ।
बस र चालक धनगढी उपमहानगरपालिका १३ बस्ने ३५ वर्षीय खुसीराम चौधरीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
