माइक्रो बसको ठक्करबाट बालिकाको मृत्यु
सिन्धुली । सिन्धुलीको कमलामाइ नगरपालिका वडा नम्वर ७ को माझीटारमा यात्रुवाहक माइक्रो बसको ठक्करबाट बिहीबार एक जना बालिकाको मृत्यु भएको छ ।
पानी किन्न सडक पार गर्नेक्रममा काठमाडौंबाट काँकडभिट्टातर्फ जाँदै गरेको माइक्रोको ठक्करबाट तीनपाटन गाउँपालिका–११ की ९ वर्षीया ममता तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, बालिकालाई ठक्कर दिने बा ४ ख ६६७३ नं को हायस गाडीलाई नियन्त्रणमा लिएको छ भने चालक फरार छन् । चालकको खाजीकार्य हुनुका साथै घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
