ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ फाल्गुन ८, सोमबार १६:१४
file photo

स्याङजा । स्याङ्जाको वालिङमा गएराति ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । वालिङ ६ आपडालीस्थित भित्री सडकमा जगतभञ्ज्याङबाट वालिङतर्फ आउँदै गरेको ग १ त ६८८६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुमा ट्रयाक्टर चालक स्याङ्जाको चापाकोट नगरपालिका २ धुर्कोट बस्ने ३२ वर्षीय नवीन सुनार र वालिङ नगरपालिका ८ मिर्दी बस्ने १४ वर्षीय सहचालक सोविन विक रहेका छन् ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका दुबै जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।