जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ फाल्गुन ६, शनिबार १०:०९

डोटी । डोटीको के आई सिंह गाउँपालिका–१ लोलीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । डोटीको दिपायलबाट केआईसिंह गाउँपालिका–१ घाँटलायातर्फ जादै गरेको सु.प.प्र.०१२३००१ च ३३२९ नम्बरको जिप सडकबाट ५०–६० मिटर तल खसेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा डोटी केआइसिंह–१ महादेवका जीप चालक ३६ वर्षीय गोविन्द्र शाही र केआइसिंह–२ जारिमभाडीका ४१ वर्षीय धनबहादुर तिरुवा रहेका छन् ।

प्रहरीका अनुसार, दुर्घटनामा परी ६ जना घाइते भएका छन् । केआईसिंह गाउँपालिका डुम्राकोटडोटीमाका तेज तिरुवा र उनकी श्रीमती राधा तिरुवाको अवस्था गम्भीर रहेको छ । उनीहरु दुवै जनाको उपचारको लागी सुजङ अस्पताल पठाइएको छ ।

समान्य घाइते सोही ठाउँका समिर तिरुबा, सुरज तिरुवा, लक्ष्मी तिरुवा र र मिन लुहार सामान्य उपचार पछि घर फर्किएका छन् । उक्र घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।