दुर्घटनामा परेर मकवानपुरकी दहाल घाइते
मकवानपुर । पुर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ६ लोथरमा आज दिउँसो सवारी दुर्घटना हुँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय ५५ वर्षीया बिष्णु माया दहाल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, अपराह्न १२ः१५ बजेको समयमा चितवनबाट मनहरीतर्फ आउँदै गरेको बागमती प्रदेश ०३००२ प ४८०८ नमवरको मोरटसाइकले सोही दिशाबाट आउँदै गरेको ना ३६ प १४१० नम्वरको मोटरसाइकलसँग ठोक्किएर दुर्घटना हुँदा बाटोमा उभिराखेको दहाललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा परेर घाइते भएका उनलाई उपचारको लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज पठाएको र अवस्था मध्यम रहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । प्रहरीले दुबै मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
