पुर्वमन्त्री ढकाल र माल्दिप्सकी शिक्षामन्त्रीबिच भेटवार्ता

तु खबर संवाददाता
२०७४ पुष २०, बिहीबार १९:१२

माल्दिप्स २० पुस । ३ दिने माल्दिप्स भ्रमणमा रहेका पूर्व शान्ति तथा पुर्ननिर्माणमन्त्री एकनाथ ढकाल र माल्दिप्सकी शिक्षामन्त्रि डा. ऐशाथ शीहमबिच आज भेटबार्ता भएको छ । माल्दिप्सको शिक्षा मन्त्रालयमा भएको भेटमा दुइ देशको आपसी हित र शैक्षिक गतिविधिको बारेमा छलफल भएको भेटमा सहभागी मनोज सुर्खेतिले जानकारी दिए ।


पूर्वमन्त्रि ढकालले नेपालमा भर्खरै सम्पन्न निर्वाचन ताजा जनादेशको बारेमा जानकारी समेत दिएका थिए भने मन्त्रि ऐशाथ शीहमले नेपालले शिक्षा क्षेत्रमा गरेको प्रगतिको प्रसंशा गर्दै वाम प्रगीशील गठबन्धनले निर्बाचनमा प्राप्त गरेको सफलताको लागि बधाई दिँदै ताजा जनादेश अनुसार गठन हुुने नयाँ सरकार संग मिलेर काम गर्न अनुरोध समेत गरेको सुर्खेतीले जानकारी दिए ।

आइएपिपि एशिया प्रशान्त क्षेत्रको अध्यक्ष समेत रहेका ढकालले सामुहिक मुद्दाहरुमा एशिया प्रशान्त क्षेत्रका सरकार तथा सांसदहरु बीचको सम्भावित सहकार्यको बारेमा पनि माल्दिप्सका मन्त्रीहरुको साथै सांसदहरु संग पनि छलफल गरेका थिए ।
सुर्खेतीका अनुसार पुर्वमन्त्री ढकालले माल्दिप्सको भौतिक तथा पुर्ननिर्माण मन्त्री र विद्यार्थी यूनियन संग पनि भेतवार्ता गर्ने भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*