जबरजस्ती करणी मुद्धाका फरार प्रतिवादी ८ वर्षपछि भिमफेदी जेल चलान

तु खबर संवाददाता
२०७४ पुष २०, बिहीबार १८:१८

मकवानपुर, २० पुस । जबरजस्ती करणी मुद्धामा कैद तोकी फरार रहेका एकजनालाई भिमफेदी जेल चलान गरिएको छ ।

सम्मानित मकवानपुर जिल्ला अदालतको मिति २०६६ मंसिर २८ गतेको फैसलाले जवरजस्ती करणी मुद्दामा ५ वर्ष कैद तोकी फरार रहेका मकवानपुर जिल्लाको साबिक चुरियामाई गा.वि.स.वडा नम्बर २ हाल हेटौँडा उपमहानगरपालिका वडा नम्बर १४ बस्ने चन्द्रबहादुर दोङलाई जेल चलान गरिएको हो ।

उनलाई ३ नम्बर प्रहरी प्रदेश कार्यालय हेटौडाबाट खटिएको प्रहरी टोलीले मिति २०७४ पुस १९ गते पक्राउ गरी सम्मानित मकवानपुर जिल्ला अदालतमा पेश गरेकोमा सजाय भुक्तानको लागी कारागार कार्यालय भिमफेदीमा पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*