प्रदेश राजधानी तोकिएको छैन : सरकार
काठमाडौं– सरकारले प्रदेशको राजधानी नतोकेको जनाएको छ । संविधान बमोजिम प्रदेशको अस्थायी राजधानी नतोकिएको सरकारले जनाएको छ ।
मंगलबार सरकारले प्रदेशको कार्यसंचालनका लागि अस्थायी मुकाम प्रस्ताव गरेको समाचार सार्वजनिक भएको थियो ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले त्यस्ता समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । संविधानको धारा २८८ अनुसार प्रदेशको कार्य संचालनका लागि स्थान तोक्ने कार्य अहिलेसम्म नभएको स्पष्ट पारिएको जनाइएको छ । मन्त्री परिषद् कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले भ्रामक समाचारको पछि नलाग्न आग्रह गरेका छन् ।
