‘मकवानपुर प्रहरीले बिनाकारण कुटपिट गरेर पक्रेर लग्यो’–नेकपा

तु खबर संवाददाता
२०७४ पुष १९, बुधबार १८:२२

मकवानपुर, १९ पुस । नेपाल कम्युनिष्ट पार्टी मकवानपुरले प्रहरीले बिना कारण आफ्ना कार्यकर्ता पक्राउ गरेको भन्दै बिरोध जनाएको छ ।

नेकपा मकवानुर जिल्ला ईन्चार्ज बिरबहादुर घलान ज्वाला र सेक्रेटरी रामबहादुर घलान अनुरागद्धारा आज जारी बिज्ञप्तिमा पौष १७ गते दिउंसो बाटोमा हिंडिरहेका बेला पार्टी जिल्ला सदस्य भक्त माझीलाई बिना कारण कुटपिट तथा मानसिक यातना दिई प्रहरीले गिरफ्तार गरेको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

संसदिय व्यवस्थाको निर्वाचन खारेजीका समयमा सशक्त भूमिका खेलेको आरोपमा झुटा मुद्धा लगाईएका बाहेक सबै रिहा भएको अवस्थामा प्रहरी प्रशासनले दिनदाहाडै कार्यकर्तालाई पक्राउ गरिनुले संसदिय व्यवस्थाको असली चरित्र छर्लङ्ग भएको विज्ञप्तिमा उल्लेख छ ।

पार्टीले पक्राउ परेका जिल्ला सदस्य माझीको तत्काल रिहाईको माग गरेको छ । माग सम्बोधन नगरिए संघर्षको कार्यक्रम घोषणा गरिने जनाउदै त्यसबाट हुने क्षतिको जिम्मा प्रहरी प्रशासनले लिनुपर्ने नेकपा मकवानपुरले बिज्ञप्ति मार्फत चेतावनी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*