प्रदेशको राजधानी अन्तै तोकेको भन्दै डोटी र धनकुटा बन्द आह्वान

तु खबर संवाददाता
२०७४ पुष १९, बुधबार १४:००

डोटी । सरकारले तत्कालको लागी अस्थायी राजधानी प्रस्ताव गरेपछि आजबाट ७ नम्बर प्रदेशको राजधानी डोटीलाई बनाउनु पर्ने माग राख्दै आन्दोलन सुरु भएको छ । सरकारले धनगढीलाई ७ नम्बर प्रदेशको राजधानी तोकेको थियो । त्यसका विरुद्ध आजबाट अनिश्चितकालिन डोटी बन्दको आयोजना गरेको छ । डोटीको दीपायलमा बसेको संघर्ष समितिको बैठकले अनिश्चितकालिन जिल्ला बन्द गर्ने निर्णय गरेको हो । बन्दका कारण जनजीवन अस्तव्यस्त छ । बजार बन्द छ । एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक सवारीसाधनबाहेक अरु सबै ठप्प पारिएको छ ।

त्यसैगरी, १ नम्बर प्रदेशको राजधानी विराटनगर तोकिएपछि धनकुटावासीले सो निर्णयको विरोधमा धनकुटामा आम हड्ताल सुरु गरेका छन् । आम हड्तालका कारण सवारीसाधनहरु ठप्प छन् भने बजार पनि सबै बन्द छ । पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकाम समेत भइसकेको धनकुटा सबै हिसाबले उपयुक्त रहेकोले यसैलाई राजधानी घोषणा गरिनु पर्ने धनकुटावासीको माग छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*