नुवाकोट–२ बाट कांग्रेसका अर्जुननरसिंह केसी विजयी

नुवाकोट । नुवाकोटको निर्वाचन क्षेत्र नम्वर २ मा नेपाली कांग्रेसका उम्मेदवार अर्जुननरसिंह केसी विजयी भएका छन् । लोकतान्त्रिक बाम गठबन्धनको साझा उम्मेदवारको रुपमा रहेका कांग्रेसका उम्मेदवार केसीले २८ हजार १०७ मतसहित विजयी हासिल गरेका हुन् ।
यस्तै, उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले १६ हजार ४७७ र नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद खतिवडाले १५ हजार ५६१ मत प्राप्त गरे ।
यसअघि विसं २०७४ को निर्वाचनमा एमालेका उम्मेदवार खतिवडासँग १० हजार मतान्तरले पराजित भएका केसी यो पटक खतिवडाभन्दा १२ हजार ५६४ मतान्तरले विजयी भएका हुन् ।