नवराज सिलवाललाई पक्राउ गर्न पूर्जी जारी, सिलवाल भने मलेसियामा

तु खबर संवाददाता
२०७४ पुष १८, मंगलवार २१:२१
फोटो साभार : गुगल

काठमाडौँ, १८ पुस । नवनिर्वाचित साँसद तथा नेपाल प्रहरीका पूर्व डिआइजी नवराज सिलवाललाई पक्राउ गर्न प्रहरीले वारेन्ट जारी गरेको छ । आफूलाई पक्राउ गर्न पूर्जी जारी हुने सूचना पाएपछि सिलवाल विहानैदेखि फरार रहेको स्रोतले उल्लेख गरेको छ । आइजीपी बढुवा सम्बन्धी मुद्धामा कार्यसम्पादन मुल्यांकन किर्ते गरेको प्रमाणित भएपछि उनीमाथि काठमाडौँ प्रहरी परिसरले वारेन्ट (पूर्जी) जारी गरेको हो ।
ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित सिलवाललाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयहरुमा पत्राचार भइसकेको छ । उनलाई पक्राउ गर्न ललितपुर प्रहरीमा समेत पत्र पठाइएको छ ।

सांसद् सिलवाल मलेसियामा
नेकपा एमालेको तर्फबाट ललितपुर क्षेत्र नं १ का नवनिर्वाचित सांसद नवराज सिलवाल एशियन इन्ष्टिच्युट अफ टेक्नोलोजीद्वारा आयोजित ‘इष्ट एशियन इनिसियटिभ्स इन द कम्युनिटी डेभलपमेण्ट विथ स्पेशियल फोकस टु वुमन’ विषयक कार्यक्रममा भाग लिन मलेसियाको राजधानी क्वालालम्पुरमा छन् । यता भने नेपाल प्रहरीले उनलाई तत्काल पक्राउ गर्न पूर्जी जारी गरेको छ । हिजो सो पुर्जी ललितपुर प्रहरीलाई प्राप्त भएको प्रहरीले जनाएको छ ।
पक्राउ पूर्जी जारी हुने थाहा पाएर फरार रहेको भनिएपनि सिलवाल पूर्वनिर्धारित कार्यक्रम अनुसार, मलेसियामा रहेको सरकारी संचारमाद्यम राससले जनाएको् छ । सिलवाल सोमबार साँझ मलेसिया पुगेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*