नवनिर्वाचित कटुवालद्धारा सपथ ग्रहण , के के भने सपथ ग्रहणमा ?

तु खबर संवाददाता
२०७४ पुष १८, मंगलवार १९:४२

मकवानपुर १८ पुस । मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनबाट अध्यक्ष पदमा विजयी भएका कृष्ण कुमार कटुवालले आज सपथ ग्रहण गरेका छन् । सपथ ग्रहण सभालाई सम्वोधन गर्दै कटुवालले आफुले व्यवसायीको विस्वासलाई नतोड्ने बताएका छन् । व्यवसायीले आफुप्रतिको विस्वासका कारण आफुलाई चुनेको बताउदैं उनले अब थप व्यवसायीको हितका लागि काम गर्ने समेत बताए ।
उनले पराजय व्यहोरेका उम्मेदवारहरुलाई समेत यो प्राविधिक रुपमा पराजय भएपनि आगामी दीनहरुमा सहकार्य र सल्लाहको माध्यमबाट अघि बढ्ने बताए ।


कटुवालले अतिथि सदन निर्माणको लागि आफ्नो तर्फबाट रु ३ लाख सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गरे । साथै साना देखि ठुला सम्मका व्यवसायीहरुको हक हितका थुप्रै योजना र पहलका साथ आफु अघि बढ्ने समेत उनको धारणा थियो ।
सबैको साथ र सहयोगको अपेक्षा सहित अब आगामी दिनमा मउवा संघ सबैको भन्ने भान गराउने पहल समेत आफुले गर्ने उनको दावि छ । साथै संस्थाको साद जोगाउनको लागि आफु अहोरात्र खटिने समेत कटुवालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*