बारामा चुनावी खर्च क–कस्ले बुझाए ? अधिकाँश उम्मेदवार आकाकानि गर्दै

तु खबर संवाददाता
२०७४ पुष १८, मंगलवार १३:४३

प्रदिप गौतम

बारा १८ पुस । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा भएको खर्च विवरण बुझाउन बारामा उम्मेदवारहरुले अटेरी गरेका छन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचन परिणाम शार्वजनीक भएको झन्डै १ महिना पुग्नै लाग्दा समेत बारामा जम्मा ४ जनाले मात्र निर्वाचन खर्च विवरण बुझाएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ मा चुनावमा गरेको खर्चको विवरण परिणाम घोषणा भएको ३५ दिनभित्र दल, उम्मेदवार वा तिनका प्रतिनिधिले पेश गर्नुपर्ने प्रावधान छ । तर निर्वाचन भएको १ महिना पुग्नै लाग्दासमेत समेत बारामा जम्मा ४ जनाले मात्र खर्च विवरण बुझाएको निर्वाचन कार्यालय बाराका प्रशासन अधिकृत गणेश नेपालीले जानकारी दिए । मंसिर २१ गते प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा भएको खर्च विवरण बुझाउन निर्वाचन कार्यालय बाराले उम्मेदवारहरुलाई पटक–पटक आग्रह गरेको थियो ।
क–कसले बुझाए खर्च विवरण ?


बारामा जम्मा ४ जनाले मात्र खर्च विवरण बुझाएका छन् । प्रशासन अधिकृत नेपालीका अनुसार राष्ट्रिय यर्थातवादी पार्टीका २, नेकपा एमालेका १ र विवेकशिल साझा पार्टीका १ जनाले मात्र खर्च विवरण बुझाएका छन् । राष्ट्रिय यर्थातवादी पार्टीका राजुप्रसाद कल्वार र गोपाल सहनी, नेकपा एमालेका महमद उमिउल्लाह र विवेकशील साझा पार्टीका सनि लामाले मात्र खर्च विवरण बुझाएको नेपालीले जानकारी दिए ।
के–के बुझाउनु पर्छ ?
नेपालीका अनुसार उम्मेदवारले प्रचार प्रसार, कार्यालय सञ्चालन, सवारी, अन्र्तक्रिया लगायतमा भएका खर्चको विवरण बुझाउनुपर्ने हुन्छ ।
नबुझाए के हुन्छ ?
परिणाम घोषणा भएको ३५ दिनभित्र दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन खर्च विवरण नबुझाएमा निर्वाचन आयोगले कारर्वाही गर्ने नेपालीले बताउए । कारर्वाही स्वरुप दल, उम्मेदवार वा तिनका प्रतिनिधिले पाच सय रुपैया जरिवान तिनुपर्ने व्यवस्था रहेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*